टि–२०: नेपालको पहिलो खेल लखनचोकको डिस्प्लेमा देखाइने
पाेखरा | जेठ २२, २०८१
पोखरा: आइसिसी टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा आज नेपालले समूह चरणको पहिलो खेल नेदरल्याण्डसँग खेल्दैछ ।
उक्त खेल पोखरा महानगरपालिकाले पोखरा ९ लखनचोक (पृथ्वीचोक) स्थित ठुलो डिसप्लेमा देखाउने भएको मेयर धनराज आचार्यले फेसबुकमार्फत जानकारी दिएका छन्।
उनका अनुसार पोखरा महानगरपालिकाको व्यवस्थापन तथा परिचय एड्भरटाइजिङ र एसकेसाउन्डसँगको सहकार्यमा उक्त खेल देखाइने छ ।

नेपाल र नेदरल्याण्डबीचको उक्त खेल राती ९ बजे बाट सुरु हुनेछ ।
यसअघि नेपाल सन् २०१४ मा टि–२० विश्वकप खेलेको थियो ।
पोखराको मुख्यचोक भएकाले सवारी आवागमनलाई अवरोध नहुने गरी खेल हेर्न मेयर आचार्यको आग्रह छ ।

पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

